Thursday, January 21, 2021
Home > फाेटाे फिचर > सिंहदरबारमा नांगै धर्ना बस्न खोजेपछि……

सिंहदरबारमा नांगै धर्ना बस्न खोजेपछि……

काठमाडौं । सिंहदरबारमा नांगै धर्ना बस्न जाने क्रममा पशुअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अर्धनग्न अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

पशुहरुमाथिको हिंसा रोकथामको माग गर्दै अर्धनग्न भएर धर्नामा बस्न खोजेका उनीहरुलाई त्यहाँ नपुग्दै प्रहरीले धरपकरड गरेर पक्राउ गरेको हो । उनीहरु सिंहदरवारमा धर्ना दिन आउने क्रममा हनुमानथानबाटै  जितिन लिम्बु पक्राउ परेका छन् ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए । हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।

Leave a Reply