Wednesday, January 27, 2021
Home > special_two > कांग्रेसबाट निर्वाचित मेयर र उपमेयर काठमाडौंमा किन हुँदैछन् भेला?

कांग्रेसबाट निर्वाचित मेयर र उपमेयर काठमाडौंमा किन हुँदैछन् भेला?

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो दलबाट विजयी भएका मेयर र उपमेयरको बैठक डाक्ने भएको छ । स्थानीय तहमा जनतालाई आहत पुग्ने गरी कर निर्धारण भएपछि सो विषयमा छलफल गर्न बैठक डाकिएको हो।

स्थानीय तहमा जथाभावी कर वृद्धि गरिएपछि सरकारको आलोचना भएको छ । स्थानीय सरकारहरुले लागू गरेका कर निर्धारणका मापदण्डका विषयमा छलफल गर्न मेयर र उपमेयरहरुलाई काठमाडौं डाकिएको प्रवक्ता विश्व प्रकाश शर्माले पलपलखबर डट कमलार्इ जानकारी दिए ।

असार १० गतेका लागि डाकिएको बैठकमा धरातलीय अवस्थाका विषयमा छलफल हुने उनले बताए । कर निर्धारण गर्दा सर्वसाधारणलाई मार नपर्ने गरी केन्द्रले निर्देशन गर्ने बताइएको छ।

Leave a Reply