Sunday, January 24, 2021
Home > मुख्य खबर > अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाइदैँछः मन्त्री ज्ञवाली

अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाइदैँछः मन्त्री ज्ञवाली

भक्तपुर, २७ साउन । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षले सरकारकाविरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरि भ्रम फैलाउँने कार्य गरिरहेको बताएका छन् ।

आज रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला उडेको टिप्पणी गर्दै यस्ता हल्लाले सरकारलाई असर नपर्ने बताए ।

मन्त्री ज्ञवालीले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार लागि परेकाे बताए ।

सरकारको काममा ढिलाई भन्दै गरिएको आलोचनालाई सरकारले सुझावको रुपमा लिएको बताउँदै उनले भने–“अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”

मन्त्री ज्ञवालीले प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गरे । उनले कांग्रेसलाई विरोध भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

सरकारले प्रभावकारी रुपमा कुटनीतिक प्रयास गरिरहेको बताउँदै मन्त्री ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण गरिसकेको, चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पार्न सफल भएको दाबी गरे ।

मन्त्री ज्ञवालीले दोहोर कर जनताले तिर्नु नपर्ने भन्दै त्यस्तो सरकारले हटाउने र करको दायरामा नआएकालाई दायरामा ल्याउँन बताए ।

Leave a Reply