Sunday, January 24, 2021
Home > special_one > तरूण दल महासचिव शाही र भाजपाका उपाध्यक्ष गौतमबीच भेटवार्ता

तरूण दल महासचिव शाही र भाजपाका उपाध्यक्ष गौतमबीच भेटवार्ता

काठमाडाैं । भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष दुस्यन्त कुमार गौतम र  नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरूण दलका महासचिव एवं युवा नेता भुपेन्द्रजंग शाहीबिच  भेटवार्ता  भएकाे छ ।

नेपाली जनसम्पर्क समिति भारत र नेपाल तरुण दल भारतको विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार भारत जानुभएका नेता शाहीले बिहीबार नयाँ दिल्लीमा गाैतमसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपाल र भारतबिच दुर्इ पक्षिय हितका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टी बीचको सम्बन्धको विषयमा छलफलसमेत गरेका छन् ।

उहाँ दिल्लीको कार्यक्रमपछि तरण दल मुम्बईको क्षेत्रीय अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेकाे छ । विभिन्न कार्यक्रममा सहभागी भएर नेता  शाही भदाै ६ गते काठमाडाैं फर्किने कार्यक्रम रहेकाे छ ।

 

Leave a Reply