मकवानपुर २४ साउन । नो पार्किङको विरोधमा हेटौंडाका व्यवसायीहरुले पसलहरु बन्द गरेका छन् । प्रशान र प्रहरीसहितको टोली संलग्न बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा व्यवसायीले मुख्य बजारमा रहेका आफ्ना पसलहरु बन्द गरेका हुन् ।
अहिले बजारका केहि मेडिकलहरुमात्र खुलेका छन् । बजारका पसलहरु बन्द भएपछि बजार सुनसान देखिएको छ ।
यसैबिच मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गएका व्यवसायीले आज पार्किङको विषयलाई लिएर मेयर हरिबहादुर महतलाई ज्ञापन पत्र बुझाएका छन्, । संघका कार्यवहाक अध्यक्ष माधव न्यौपानेले बुझाएका ज्ञापनपत्र पत्र बुझिसके पछि बोल्दै मेयर महतले पार्किङ निषेध क्षेत्र तोकिसकेकाले यो नहट्ने बताएका छन्, ।