Sunday, January 24, 2021
Home > special_two > नेपाली राजनीतिमा बिधमान गुटबन्दी

नेपाली राजनीतिमा बिधमान गुटबन्दी

मोती चाम्लिङः

नेपालको राजनीति इतिहासमा प्रजातान्त्रिक आन्दोलनको सबैभन्दा लामो कालखण्डसम्म जनताको पक्षमा उभेको राजनीति दल नेपाली कांग्रेसले गणतान्त्रिक नेपालको संविधान जारी भएपछी सम्पन्न भएको २०७४ को चुनावमा तिक्तता कुण्ठा र करिब नैराश्यताको परिणाममा आफूलाई पाएको छ।

नेपालमा प्रमुख शक्तिकाे रूपमा रहेका राजनीतिक दल माओवादी, एमाले र काङ्रेशको त्रिकोणात्मक संघर्षले काङ्ग्रेसलाई फाईदा पुगेकै थियो र हो, पहिलो संविधान सभाको चुनावमा माओवादी प्रथम भएको पनि सत्य हो, दोश्रो संविधान सभाको निर्वाचनमा तेस्रो भएको पनि सत्य नै हो। संघिय गणतन्त्र नेपालको चुनावमा कम्युनिष्ट एकता र मोर्चाको नाराले त्रिकोणात्मक संघर्षको अन्त्य गर्‍यो।

एमाले र माओवादीको संयुक्त जनमतसँग नेपाली कांग्रेस अर्थपूर्ण र पेचिलो प्रतिष्पर्धा गरेकै हो। परिणामत कांग्रेस प्रतिपक्षको भूमिकामा रहन जनादेशले निर्देशित गरेको छ। २०१५ सालको दुई तिहाइ बहुमत हुँदै २०७४ सम्म आइपुग्दा कांग्रेसले अनगिन्ती उतार चढाव त भोगेकै हो। वर्तमानमा जतिकै कांग्रेसले आफूलाई कमजोर इतिहासमा शायदै महशूस गर्‍यो, किनभने संसदीय राजनीतिमा संसदमा आफ्नो उपस्थिति कमजोर रहेपछि सडकमा जनमास ओराल्नुको महत्व अर्थहीन नै नभए पनि उति प्रभावकरी र असरदार मानिन्न ।

अहिले सडकमाकांग्रेसले जतिसुकै जनमास ओराले पनि सडकको दबाबलाई दुई तिहाइले नियतवस अवग्या गर्न चाहेको खण्डमा सडकको दबाब निश्प्रभाव प्राय रुपान्तरण हुन सक्छ। अस्तब्यस्तता छाइरहेमा दुई तिहाइको छवि धमिलिदै जाने र दैनिक राज्य सन्चालन प्रभावित हुने त्रासको कारणले मात्र डा. गोविन्द केसिको अनसन तोड्न दुई तिहाइ बाध्य भएको चाँही साचाे हो।

तर त्यस यता भने पटके सडक आन्दोलनहरु अन्य शीर्षकमा कांग्रेसले अघि बढाएमा दुई तिहाइले दमन गरि पेलेर जाने सोच राखेको छ। यो ताजा जनादेशको स्थितिलाई जस्ताको तस्तै अर्को निर्वाचन यानेकी ५ वर्षसम्म कसरी यथावत बनाइ राख्ने भन्ने रणनिती भन्दा परको राजनीति दुई तिहाइको विवेकमा करिब बिरलै हुन सक्छ। तर नेपालको राजनीति अझै पनि तरलताबाट ठोसमा निर्धारण भएको छैन।

यहाँ जे पनि हुन सक्छ भन्ने त गत निर्वाचन परिणामहरु र अनेकन परिघट्नाहरुले बताइ सकेकै छन्। अनेकौ परिघट्नाहरु इतिहासमा दर्ज छन्। अस्थिरताका निम्ती विश्व भूराजनीति पनि कारणहरुमा एक हुँदै गर्दा नेपालको आफ्नै विशिष्ट कारणले राजनीति तरलता कायम रहन सक्ने देखिन्छ। ति विशिष्टताहरुमा सबैभन्दा प्रखर परिस्थिती चाँही आन्तरिक बेमेल र गुटबन्दी प्रमुख हो।

गुटबन्दीको पर्याय त नेपालका कम्युनिष्ट हून् भन्दन फरक पर्दैन। बाहिरबाट देखिंदा एमाले र माओवादीको एकिकरणले जन्माएको नेकपा जती मज्वूद छ, त्यती नै कम्जोर सिउनी सिलाएको जय बङला फाटा कम्पनिको लीलामि पाइजामा जस्तो छ। प्रचण्डको राजनीति जीवन असुरक्षाको कठिन मोडमा पुगेको हुनाले मात्र एकता नामले मूर्त रुप लिदै गरेको जस्तो देखिएको हो, निकट भविष्यमा प्रचण्डको प्रभाव र भूमिका काम नलाग्ने हुँदै जादो छ।

“सबै हिरो एक दिन जिरो” भने झैं प्रचण्ड भूमिका बिहीन हुने अवस्थाको सिर्जना भैसकेको छ। उता पूर्ववर्ती एमालेमा त आफ्ना आफ्नै गुट अस्तित्वमा छन्। झलनाथ, माधव, केपी । सामुहिक घाटाबाट बाँच्न र बच्न यि सबै मिल्छन् तर एकले अर्काको इजार काट्न खल्तिमा कैन्ची बोकेर हिड्छन, जस्तो कि पकेटमार शैली। बेला बेला माधव नेपालले आफ्ना नेतृत्वलाई इङ्गित गरेर दिएको अभिब्यक्ती गहिरिएर मनन गर्ने हो भने केपी र माधव गुट त खोटाले टालेको चुहुने धुनेरी जति पनि मज्वूद छैनन्।

त्यसैले यथार्थमा नेकपाको दुई तिहाइ भनेको चाँही भिरमा गएर फलेको फर्सी जस्तै भएको छ । यस्तो कम्जोर पृष्‍ठभूमिमा निर्माण भएको राजनीति दल नेकपाले नेपाली कांग्रेससँग दीर्घकालीन प्रतिष्पर्धा थेग्न चाँही फलामको चिउरा चबाउनु सरह नै हुनेछ। यता नेपाली कांग्रेस भ्रमित भएको,बहकिएको र आन्तरिक एकता तथा संगठन निर्माण र सुद्दृढिकरणमा ध्यान नदिएको तथा नेतृत्व तह स्वेच्छाचारी र लम्पट भएको भन्ने नेतृतवइतर पक्षले आरोप लगाएको छ।

यी आरोपमा शतप्रतिशत सत्यता नरहे पनि ५० देखी ६५ प्रतिशत सत्यता त जतिसुकै लाटोले पनि अडकल्ल गर्न सक्छ। नेतृत्व तह त्यही पूरानो गोरु ब्यापारी शैलिमा चलेको हुनाले नै २०७४ को निर्वाचन परिणाम यति दु:खद रह्यो भनी विश्लेषण गर्नु अन्यथा लाग्दैन। फेरी हारको कारण गुट उपगुट पनि हो भने एमाले र माओवादिमा त काङ्ग्रेसको भन्दा अचाक्ली र उदेक लाग्दो गुट्बन्दी छ।

तसर्थ समिक्षाको घडी अझै बाँकी छ। अवश्य कारण फेला पर्ने नै छ। नेपाली कांग्रेसमा अबको आन्तरिक प्रतिष्पर्धा गुट उपगुट तथा नेतामुखी आश्रित मानसिकताबाट माथि उठ्नै पर्छ। कार्यकर्ताले आश्रित मानसिकता परित्याग गरे गुटबन्दीको समस्या स्वत: समाप्त हुनेछ। जय नेपाल,

(चाम्लिङ बिपी अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन् )

Leave a Reply