Tuesday, January 26, 2021
Home > mophosala > क्वारेन्टाईनको ठाडो जवाफः माछाको लागि ठाउँ सार्दैनौँ

क्वारेन्टाईनको ठाडो जवाफः माछाको लागि ठाउँ सार्दैनौँ

नेपालगन्ज, १८ साउन । भन्सार कार्यालय हातामा बिक्री वितरण हुने अस्वस्थ्यकर  माछाको विषयमा विभिन्न मिडियामा समाचार आए पनि क्वारेन्टाइन चेकपोष्टले माछाको क्वारेन्टाईन गराउन चेकपोष्टमैँ आउनु पर्ने ठाडो जवाफ दिएको छ ।

भन्सार कार्यालयको छोटी भन्सारमा एउटा टेबल कुर्सी राखेर भारतबाट आउने माछाको हकमा क्वारेन्टाईन गराउन भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले अनुरोध गर्दा पनि क्वारेन्टाईन चेकपोष्टले अहिलेसम्म मानेकाे छैन् ।

भन्सार हाताकाे मण्डीमा बिक्री हुने माछा कत्तिको स्वास्थ्यकर छ तथा भन्सार राजस्व बुझाएको छ वा छैन भन्ने विषयमा क्वारेन्टाईन चेकपोष्टले कुनै मतलब राखेकाे छन् ।

माछाको भन्सार भयाे वा भएन भन्ने विषयमा क्वारेन्टाईन चेकपोष्टमा कार्यरत सूचना अधिकारी तिलक आचार्यले भने–‘याे हाम्राे लागि कुनै मतलबको विषय नै होइन ।’ अति नै ब्यस्त भएको देखाउने सूचना अधिकृत आचार्य दिनभरी भन्सार मुल गेटमा बस्ने गर्नुको साथै कार्यालय समयमा कार्यालयको कम्प्युटर प्रयोग गर्दै फेसबुकमा मात्र ब्यस्त रहेको देखिएको छ ।

भन्सार हातामा बिक्री हुने माछाको विषयमा क्वारेन्टाईन चेकपोष्टबाट छड्के चेकजाँच  पनि अहिलेसम्म भएकाे छैन् । क्वारेन्टाईन चेकपोष्टको भनाइअनुसार भारतबाट आयात हुने माछालाई भन्सार कार्यालयको छोटी भन्सारमा रोकी खबर गरेमा मात्र जान सक्ने बताउँदै अफिस समयमा मात्र क्वारेन्टाईनको सुविधा दिन सक्ने बताइएको छ ।

सो समयबाहेक वा विदाको दिनमा भने माछाको क्वारेन्टाईन नहुने बताइएको छ । विदाको दिन तथा कार्यालय समय बाहेकको समयमा अस्वस्थ्यकर माछा आयात भएमा कसले जिम्मा लिने भन्ने विषय अहिले गम्भिर भएको छ ।

क्वारेन्टाईन कार्यालय अहिले प्रमुख विहिन भएकोले चेकपोष्टमा कार्यरत कर्मचारी अहिले आफुलाई हाकिम मान्र्दै आफुखुशी कार्य गरि रहेकाे देखिएको तथा सरकारी राजस्वको हकमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कुनै सहयोग नगरेको पाइएकाे छ ।

क्वारेन्टाईन चेकपोष्टले गत आर्थिक वर्षमा करिब ६ लाख ६५ हजार राजस्व बुझाएको देखिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा पक्राउ परेका कुखुरालाई नष्ट गर्ने, जरिवाना लगाउने बाहेक अन्य कुनै उपलब्धीमूलक कार्य भने गरेको देखिएको छैन ।

Leave a Reply