Sunday, January 24, 2021
Home > special_three > एक दिवसीय क्रिकेट: नेपाल पहिलाे जितकाे खाेजिमा

एक दिवसीय क्रिकेट: नेपाल पहिलाे जितकाे खाेजिमा

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै छ । आम्सटर्डमको भिआरए मैदानमा हुने उक्त खेल नेपाली समयानुसार  दिउँसो २ः४५ बजे सुरु हुनेछ।

दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। यसअघि एकदिवसिय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन। बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित हुन पुग्याे ।

पहिलो खेलमा नेदरल्यान्ड्स सामु बलिङमा राम्रो प्रदर्शन गरेको नेपालको ब्याटिङमा भने पुरानै समस्या दोहोरिएको थियो। उता नेदरल्यान्ड्सले पनि ब्याटिङमा भन्दा बलिङमा सुधारिएको प्रदर्शन गरेकोले दोस्रो खेलमा दुवै टोली ब्याटिङ सुधार्ने रणनीतिमा हुनेछन्। खास गरी नेपालको मध्यपंक्तिले सुधार गर्नुपर्ने देखिएको छ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले दोस्रो खेल गुमाउँदैछन्। उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन्। आजको खेलमा नेपाली टोली एकदिवसीय क्रिकेटमा जित हात पार्दै सिरिज बराबरी गर्ने प्रयासमा हुनेछ ।

Leave a Reply