Thursday, January 21, 2021
Home > mophosala > माइक्रोबस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

कैलाली । लम्की चुहा नगरपालिका–६ गुलरामा माइक्रोबसको ठक्करबाट साइकल यात्रीको मृत्यु भृएको छ। इकललाई ठक्कर दिई अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

नेपालगञ्जबाट धनगढी जाँदै गरेको भे १ ज ६३५ नम्बरको माइक्रोबसकोे ठक्करबाट लम्की चुहा–९ खुमरियका ६५ वर्षीय पञ्चराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको हो।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए।  दुर्घटनामा घाइते हुनेमा बर्दिया ठाकुरबाबाकी सीता थापा, नेउपलापुरका महावीर थारु, ठाकुरबाबाकी झुमा खड्का, ताराताल नन्दकला सुनार, कैलाली कैलारी गाउपालिका–८की यमुना गौतम, टंक बोहरा, हसुलियाका रविता चौधरी, श्रेया चौधरी, डडेल्धुराका मोती भट्टराई, धनगढी उपमहानगरपालिका रतिपुरकी समीक्षा मल्ल र पवित्रा सुनार रहेका छन्।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्य ट जनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा  पठाइएको छ।

Leave a Reply