काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय बिशेष सुनुवाई समितिबाट प्रधानन्यायधीशकाे अनुमोदन सहमतिका अाधारमा गर्नु पर्ने बताएका छन् । उनले न्यायलयमाथि राजनीति गर्नु राम्राे नभएकाे भन्दै यसलार्इ सहमतिबाटै समाधानकाे बाटाे राेन्नु पर्ने पलपलखबरलार्इ बताए ।
खाँणले भने, ‘ न्यायलयकाे गरिमा बचाउन सबै सजक बन्न पर्छ । प्रधानन्यायधीशमा प्रस्तावित दिपकराज जाेशीकाे बारे जुन विवाद देखिएकाे छ । यसलार्इ सहमितिकाे बाटाेबाटै समाधान खाेज्नुकाे विकल्प छैन । सरकार पक्ष यसमा गम्भीर हुनुपर्छ । दुर्इ तिहाइकाे दम्ब देखाएर अगाडि बढे यसले कानुनी जटिल्ता निम्त्याउछ । ‘
उनले नेपाली कांग्रेसले यस विषयमा सहमतिकै अाधारमा अघि बढ्ने मनसाय बनाएकाे बताए । प्रधानन्यायधीशकाे अनुमोदनको विषयमा निर्णय गर्न संसदीय बिशेष सुनुवाई समितिको बैठक सिंहदरबारमा जारि छ ।यसअघि बसेका समितिका ४ वटा बैठकले निर्णय गर्न सकेको थिएन। अाजकाे बैठकबाट प्रधानन्यायधीश जोशीलाई अनुमोदन गर्ने/नगर्ने निर्णय हुने सम्भावना छ।