Monday, January 25, 2021
Home > राजनीति > योग र साधनाले मुलुकलाई समृद्ध बनाउछ : वरिष्ठ नेता पौडेल

योग र साधनाले मुलुकलाई समृद्ध बनाउछ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन योग साधना गर्नैपर्ने बताएका छन्। वरिष्ठ नेता पौडेलले नियमित योग गरे भौतिक सुख सुविधा प्राप्त हुने र त्यसले राष्ट्रलाई नै समृद्ध बनाउने धारणा राखेका हुन्।

काठमाडौंमा आयोजित योग, नैतिक र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले निरोगी बन्न पनि योगाभ्यास अनिवार्य रहेको अनुभूति सुनाए। नियमित योग गरे शरिरमा रहेका आलस्य हटेर जाने र जोस जाँगरका साथ भौतिक सम्पत्ति आर्जनमा लाग्न सकिने उनको भनाई छ।

वरिष्ठ नेता पौडेलले योगलाई पाठ्य सामग्रीमा राख्न पनि सरकारलाई सुझाव दिएका छन्। उनँले योगलाई विद्यालय÷विश्वविद्यालय तहमा अध्ययण सामग्री बनाउनुपर्ने आवश्यक्तामा जोड दिएका हुन्। नेता पौडेलले रहेक जीवनको सफलताका लागि योगाभ्यास अनिवार्य रहेको तर्क पनि गरे।

Leave a Reply