Friday, January 15, 2021
Home > special_four > रसुवामा कण्टेनर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

रसुवामा कण्टेनर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

रसुवा । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर मंगलबार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply