काठमाडाैं । नेपाली कांग्रेसको प्रवासस्थित भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलले अाफ्नाे स्थापनाको दोश्रो वार्षिकोत्सव भव्यताका साथ मनाएकाे छ । तेलअभिबको एक हलमा संस्थाका कार्यबाहक सभापति डम्मर गुरुङको सभापतित्व उक्त कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा अथितिहरू नेपाली दूतावास इजरायलका राजदुत महामहिम निरन्जन कुमार थापा ,एनआरएनए इजरायलका अध्यक्ष छिरिङ्ग शेर्पा इजरायलमा अवस्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
समिती तृतिय उप-सभापति नितु कार्कीले स्वागत मन्तब्य दिएकी थिइन भने संस्थाका तृतिय महामन्त्री खगेश्वर अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रम समारोहमा जननेता स्व. बिपि कोइरालाको योगदान र जीवनीबारे चर्चा गर्ने क्रममा वक्ताहरुले बिपी एसियाकै बहुआयामिक लोकतान्त्रिक नेता भएकाे भन्दै उनले प्रतिपादन गरेक सिद्दान्तले मात्र नेपाललाई सम्वृद बनाउने बताए ।
कार्यक्रममा स्वागत मनत्ब्य तृतीय उपसभापति नितु कार्किले ब्यक्त गरेका थियो । सह महामन्त्री गौरी सुवेदी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साथै महामन्त्री उशा सुवेदी सल्लाहकार सुरेन्द्र प्रसाईं, सह कोषाध्यक्ष सुर्य राना, उप सभापति राजेन्द्र खनाल,प्रवक्ता राज छत्कुली , सांस्कृतिक बिभाग प्रमुख माया खनाल, सदस्य माया खनाल ,जनजाती महासंघ इजरायलका अध्यक्ष नरेस कुमार श्रेष्ठ, सदस्य माया खनाललगायतकाे सहभागिता थियाे ।