Friday, January 22, 2021
Home > special_one > सभामुख र उपसभामुखबारे सदनमा छलफल गर्न मिल्दैनः सभामुख महरा

सभामुख र उपसभामुखबारे सदनमा छलफल गर्न मिल्दैनः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले  सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउदै विषयमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा रुलिङ गर्दै सभामुख महराले यस विषयमा सदनमा छलफल हुन नसक्ने प्रस्ट पारेका हुन्।यसअघि नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एकले राजीनामा गर्नुपर्ने विषय सदनमा उठाउँदै आएको छ । बैठकमा कांग्रेस सांसद लक्ष्मी परियारले विशेष समयमा बोल्दै सभामुख र उपसभामुख एउटै दलको भएकाले संविधान विपरीत भएको बताएकी थिइन्।

त्यसपछि सभामुख महराले कतिपय सांसदहरूले विगतमा र आजको बैठकमा पनि एक सांसदले उक्त विषय उठाएकाले संविधान अनुसार उक्त विषयमा छलफल हुन नसक्ने बताएका थिए।

‘केही दिनदेखि माननीय सदस्यहरूले एउटा विषय उठाउनुभएको छ , सभामुख र उपसभामुखको विषयमा आज पनि एकजना माननीयले उठाउनुभयो । माननीय सदस्यहरूले सदनमा उठाउनुभएको विषय अदालतमा विचाराधीन रहेकोले नेपालको संविधानको धारा १०५ मा रहेको व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधीन रहेको मुद्दामा, न्याय निरूपणमा प्रतिकुल असर पर्ने भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्योहोरा जानकारी गराउँछु,’ सभामुख महराले भने ।

 

Leave a Reply