Wednesday, January 27, 2021
Home > special_one > डा. केसीलार्इ देश निकाला गर्नुपर्छ भन्ने नविनालार्इ मानसिक समस्या त छैन?

डा. केसीलार्इ देश निकाला गर्नुपर्छ भन्ने नविनालार्इ मानसिक समस्या त छैन?

काठमाडौं । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामा शक्तिको उमान्दले चरम सीमा नाग्दै गएको छ । सरकारका काम कारबाहीबारे प्रश्न उठाउनेमाथि प्रधानमन्त्रीदेखि नेता कार्यकर्ता नांगो रूप देखाउदै आएका छन् ।उनीहरु विगतमा राजा महाराजहरुकै शैलिमा रवैया देखाउन खोजिरहेका छन् ।

आफूविरद्ध आलोचना गर्नेलाई दुष्मन ठान्ने छन् । हिजाेसम्म सव्य मानिएका नेताहरूकाे पछिल्लाे समय  व्यवहर र बाेली असव्य बन्दै गएकाे छ । जसका उदहारण हुन् याेगेश भट्टरार्इ र रिवन्द्र अधिकारी । जनवर्गीय संगठनका नेताहरूकाे रवैया पनि कम छैन् ।

कुनै पनि पार्टीका भ्रातृ संगठनलाई प्रतिपक्षको रुपमा हेरिन्छ । सरकारले गरेका खराब कामबारे आवाज उठाएर उसलाई जनताप्रित उत्तरदायी बनाउनको साटो सरकारको हनुमान बन्ने प्रवृति उदेक लाग्दो छ । पछिल्लो समय तत्कालीन एमालेको विधार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद नविना लामाको हर्कत साह्रै तुच्छ छ ।

उनी आफ्नो विवेकहीन सोचका कारण सामाजिक संजालमा निकै आलोचित बनिरहेकी छन् । सरकारले दैनिक उपभोग्य बस्तुमा बढाएको मूल्यवृद्धिमा उनले प्रश्नको साटो प्रश्साहान हुने गरि अभिव्यक्ति दिइन । विधार्थी सडकमा आरालेर नेता बनेकी लामालाई सरकारको माना पचाउन पाएदेखि मुलुकमा मूल्यवृदिको चपेटामा परेका विधार्थीको पीडाले छुन छोड्यो ।

अहिले त उनी सरकारले जनतामाथि गरेको दमनलाई पनि बहादुरी ठान्द छिन् । उनले पछिल्लो समय एक संचार माध्यम उनले सरकारले अस्पतालमा चिकित्सकमाथि निर्वम ढंगले दमन गर्दा र गोलि चालाउदा पनि यो कार्य गलत थियो भन्ने  आँट देखाउन सकिनन् । बरु उनले त सरकार जनतामुखी नभइ माफियामुखि भयो भनि चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै सात्याग्रहमा बसेका डा. गोविन्द केसीलाई देश निकाला गर्नु पर्ने घिनलाग्दो अभिव्यक्ति दिइन् ।

चिकित्सक र सर्वसाधारणमाथि दमन सरकारले गर्ने तर एउटा सत्याग्रहीलाई विद्रोही देख्ने लामालाई कतै मानसिक समस्या त छन्? डा. केसीलाई देश निकाला गर्नु पर्ने बताउने उनलाई  आज लाग्दो हो देश निकाल त हामीलाई हुनु पर्ने हो ।

देशमा माफियाकाे जालाे फेलाउन लागि परेका थियाै, छाैँ । माफियाको जालमा फसेको सरकारलाई समाजवादमा डोर्याउने प्रत्नमा रहेछन डा. केसी । २७ दिनसम्म डा. केसीलाई विद्रोही, अधिनायकवादी र दलालको एजेन्ट देखने सरकारले त अन्ततः सही देख्यो ।

उनले राखेका नेपाली जनताका मागलाई पुरा गर्न माफियाको भूमरीबाट निस्किएर सरकारले त सहमति गर्याे । नविनाकाे विवेकमा डा. केसीका माग सही थिए । उनकाे शान्तिपूर्ण सत्याग्रह पनि विद्राेही थिएन भन्ने कुरा साचिन वा साेचिनन्पा उनी जानुन ।

सरकारविरोधि आवजलाई प्रतिवाद गर्न जुटेका नेकपाका नेता, कार्यकर्ता आफ्नो धोति खुसेको थाहा नपाउने रहेछ भन्ने उदहारण हुन लामा । सरकारको प्रतिरक्षा गर्न हिडेका यस्ता मनुवाहरुले कुन दिन सरकारको नै धोति नकुसाउलान भन्न सकिदैन ।

Leave a Reply