Saturday, January 16, 2021
Home > अन्तर्राष्ट्रिय > चाइनाको सिचुवान पुगेकी राधिकाको यात्रा सस्मरण ।

चाइनाको सिचुवान पुगेकी राधिकाको यात्रा सस्मरण ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको छनोटमा नेपालभरीका स्वास्थ्य कर्मिहरु मध्यबाट म राधिका कुइकेल लगायत १९ जनाको टोली डिसेम्बर १३ गते चाइनाको सिचुवान प्रदेशको चेन्दुमा आयोजित स्वास्थ्य सम्बन्धी १० दिने तालिम सकेर डिसेम्बर २२ मा नेपाल फर्केका छौ / मन्त्रालयले बिभिन्न्न जिल्लाका बिभिन्न पदमा कार्यरत दुर्गम क्षेत्रमा काम गर्ने देखी ठुला अस्पातलमा काम गर्ने स्वाथ्यकर्मीहरुको राम्रो छनोट गरेका रहेछन|यसकारण मन्त्रालयका सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छौ !जब हामी नेपालबाट 12.५० को फ्लैटमा चाइनाको सिचुवान प्रदेशको चेन्दु तर्फ प्रस्थान गर्यौ तब खासामा ट्रान्जिट भयो !अनी चिनको समय तालिका अनुसार कारीब ७ बजे चेन्दु यर्पोर्टमा उत्रियौ !त्यहा पुग्दा आयोजकको तर्फबाट हामिलाई लिन स्वागतम ब्यानर शहित बसेको र उनिहरुको पहिलो सम्मानित व्यबहार अत्यन्तै राम्रो लाग्यो !उनिहरुले हामीलाई होटेल ग्रीन सिटीमा लगेर मिठा मिठा पारीकार सहीत आरामको लागि आग्रह गरे !भोलीपल्ट बिहान ९ बजे क्लासमा भेटेर समुर्ण कार्यक्रम को तालिका सहित रुल हरु को बारेमा जानाकरी गराएका थिए !
यसरी दैनिक कार्यतालिका हेर्दा र हामी प्रतिको व्यबहार देख्दा उनिहरु कार्यप्रती निस्टा, देशप्रती इमान्दारिता र नेपालप्रती हार्दिकतामा अत्यन्तै चतुर रहेछन हामीले महसुस गर्यौ ! आफ्नो प्रान्तको अस्पातलको बारेमा, त्यहाको मलेरियाको डाटा सहित सम्पूर्ण प्रोटोकलको बिषयमा, सुरक्षित मात्रित्व र बच्चाको श्वास्थ्य सम्बन्धी बिभिन्न बिषय तालिमका बिषय थिए !भने योगा अकुपन्जर जस्ता प्राक्टिकल बिषयबस्तु पनि समाबेश गरिएको थियो! अनी विश्व प्रख्यात पान्डा, सास्क्रित र् पर्यटकिय स्थानको भ्रमण समेत गराएर मनोरन्जन प्रदान गरेका थिए!
समग्रमा चाइना भ्रमण अत्यन्तै रमाइलो भयो !यस भ्रमणमा टोली प्रमुख सुर्खेत जि स्वा का प्रमुख बसन्त अधिकारी ,
निजामती अस्पतालका डाक्टर निर शोभा चित्रकार,
रामघाट प्रा स्वा के काठमान्डुका राधिका कुइकेल खनाल,
वीर अस्पतालका रमिला चौलागाइ ,
बाग्लुङका देव प्रकाश अधिकारी ,
मन्त्रालयका बिष्णु लामिछाने, मोरङका मुरारी आचार्य, बाजुराका प्रेमकला , दाङका मालिका पाण्डे , थापाथलीका यसोधा बराल,
धादिङका शिबहरी भट्ट ,अनी वीर राजा, कृष्ण उप्रेती, बालक्रिस्ण श्रेष्ठ, राज नारायण मन्डल, बिस्वेस्वर यादव, राम बाबु भन्डारी, त्रैलोक्य मुलेपती लगायतका १९ जना साथिहरु सँग १० दिन सम्म सँगै बसेर खाने घुम्ने मौका पायौ ! सबैलाई सम्झिरहेकी छु! धन्यवाद! !

Leave a Reply