Friday, January 15, 2021
Home > special_four > आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप, दुई दर्जन पक्राउ (फाेटाेफिचर)

आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप, दुई दर्जन पक्राउ (फाेटाेफिचर)

काठमाडौं ।  अनशनतर डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलित चिकित्सक र प्रहरीबीच झडप भएको छ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको लागि सुरु भएकाे विद्यार्थी र चिकित्सकहरुकाे शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेपछि सामान्य झडप भएको हो । 

त्यसपछि प्रहरीले करिब दुई दर्जन डाक्टहरुलाई गेटबाटै पक्राउ गरेर लगेको छ । प्रहरीको आग्रह नमानेपछि प्रदर्शनकारीलाई प्रहरीले धकेल्दै अस्पतालतर्फ लगेको थियो । डाक्टरहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । सुरुवातमा विरोधस्वरूप प्रतिकात्मक रुपमा प्रयोग गरिएको ‘शव’ चिन्ह प्रति आपत्ति जनाउँदै प्रहरीले पद यात्रा सुरु गर्न दिएकाे थिएन्।

विद्यार्थी तथा चिकित्सकहरु बालुवाटारसम्म पदयात्रा गर्न प्रयासरत छन् भने प्रहरीले रोक्न खोजिरहेको छ। पदयात्रामा अवरोध गरेपछि मूल सडकमा विरोध भइरहेको छ।

धर्नाका कारण त्रिवि शिक्षण अस्पताल अगाडिको बाटोमा यातायात आवागमन दुवैतिरबाट ठप्प भएकाे छ। सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमी हाम्रो अभिभावक किन बन्दैनौं ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 ७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।

Leave a Reply