Wednesday, January 20, 2021
Home > special_one > कानूनमन्त्री तामाङले दिए राजीनामा

कानूनमन्त्री तामाङले दिए राजीनामा

काठमाडौं । कानुन, न्याय तथा संघीय मामिला मन्त्री  शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा  दिएकाे अभिव्यक्तिकाे चाैतर्फिक अालाेचना भएपछि मन्त्री तामाङले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले राजीनामाकाे घाेषणा गरे । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङकाे गुनासाे थिए ।

अाफू सधैँ नेपाली महिलाकाे सम्मानमा अाँच अाउन नदिने कुरामा सजग भएकाे उनले बताए । अाफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेकाे स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएकाे उनले बताए ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यसअघि आफ्नो अभिव्यक्तिप्रति उनले माफी पनि मागिसकेका थिए ।

सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

यस्ताे थियाे मन्त्री तामाङकाे अभिव्यक्ति

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

Leave a Reply