Sunday, January 17, 2021
Home > खेलकुद > नेपाली क्रिकेट टाेलीले अाज अर्को अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टाेलीले अाज अर्को अभ्यास खेल खेल्ने

काठमाडौं  । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले सोमबार स्थानीय क्लब सेन्ट क्रससँग दोस्रो अभ्यास खेल खेल्दैछ। नेपाल र सेन्ट क्रसबीचकाे खेल २० ओभरको हुनेछ।

यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले इंग्ल्यान्डको हाम्पस्रिन होग्स कलबलाई २४३ रनले हराएको थियो। नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए। नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको  खेल खेल्नेछ। त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसँग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ।

इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न नेपाली टिम युरोप भ्रमणमा छ। नेपालले आगामी साउन १३ नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउद १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।

Leave a Reply