काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत प्रा डा गोविन्द पोखरेलले एकसाता भित्र भुकम्पपिडितका लागि महसुश हुने केहि राहतका प्याकेप घोषणा गर्ने बताएका छन् ।
नवनियुक्त पोखरेलले पलपलखबरसंग कुरा गर्दैै भुकम्पपिडितका लागि नयाँ योजनाको तयारीमा रहेको बताए । पोखरेललाई सरकारले बुधवार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यकारी अधिकृतलाई नियुक्त गरेको थियो । उनले हिजो नै कार्यभार सम्हालेका थिए ।
उनले विहिवार त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वबिद्यालयका पदाधिकारीसंग छलफल गर्ने भएका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा इन्जिनियर र प्राविधिकहरुको कमी छ । त्यसको पूर्ती गर्नका लागि विश्वबिद्यालयसंग छलफल गर्न लागेको बताएका छन् ।