Friday, January 22, 2021
Home > साहित्य > अचम्म यो साउन किन यती बेमानी बन्दियो
गजल

अचम्म यो साउन किन यती बेमानी बन्दियो
गजल

केशब खड्का

हेर्दा हेर्दै सब प्रेमहरु कहानी बन्दियो ।
यस्को एकमात्र कारण जवानी बन्दियो ।।

एउटा छोरी जन्मदै सुन्दर भएर जन्मीइन
अलिक पछि उनकै चेहेरा निशानी बन्दियो ।

हरीया बाहेक त यि आखाले अरु केही देखेकै छैन
अचम्म यो साउन किन यती बेमानी बन्दियो ।

एकजना फिरन्ते बाटो नै सक्किएपछी दोधारमा पर्यो
उस्लाइ लाग्यो कि उ आफै बटुवा नजानी बन्दियो ।

बाबा प्राय कराउने गरेको  बिषय नै यही हो
बिशुद्ध देवदास जस्तो जिन्दगानी बन्दियो ।।

हाल हेटौडा

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply