Wednesday, January 27, 2021
Home > mophosala > तात्तीयो तरुण सडक डिभिजन र बिधुत प्राधिकरणमा बुझायो ज्ञापनपत्र

तात्तीयो तरुण सडक डिभिजन र बिधुत प्राधिकरणमा बुझायो ज्ञापनपत्र

२९ असार, हेटौडा । तरुण दल हेटौंडा–३ नम्बर वडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो भएकोले स्थानीय एवम् आम सर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाएको हो । दलेले राजमार्गको हेटौंडा–३ नम्बर वडा क्षेत्रमा भत्किएको सडकको कारण दिनहुँ दुर्घटना भैरहँदा पनि सडक कार्यालयले कुनै वास्ता नगरेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

राजमार्गको यस क्षेत्रमा भएको खाल्डो पुर्नको लागि स्थानीय एवम् तरुण दलले समेत बेला बखतमा सहयोग गर्दै आएको तर अब हामीले खाल्टो पुरेर पुरिने अवस्थाको नभएको तरुण दल ३ नम्बर वडा अध्यक्ष अमर लामाले बताए । आम सर्वसाधारण एवम् सवारी चालकहरुले पाएको दुःखको अवस्थालाई हामीले उजागर गरेका हौं । एक हप्ताभित्रमा यस क्षेत्रमा गुणस्तरीय पिच गरी समस्याको समाधान नभएमा हामी बाध्य भएर आन्दोलनमा गरिने ज्ञञाप पत्रमा उल्लेख गरिएको छ ।यस्तै तरुण दलले नै विद्युत प्राधिरणले दैनिक रुपमा १०र१२ पटकसम्म विद्युत कटौती गरेको भन्दै विरोध गरेको छ । प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै तरुण दलले मकवानपुरको यूनिलिभर फिडर अन्तर्गतका सर्वसाधारणले विगत एक महिनादेखि विद्युतको समस्या भोग्दै आएको उल्लेख गरेको छ ।

सामान्य समस्या आउँदा समेत त्यसको मर्मतको लागि ३र४ दिन लगाउने गरेको भन्दै ज्ञापनपत्रमा लड्न लागेका एवम् काठको कुहिएको विजुलीको पोलहरु हटाउनुपर्ने र तारसंगै जोडिन लागेका रुखहरु हटाउनुपर्ने माग गरिएको छ । नेपाल सरकारले देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेपनि यस क्षेत्रका सर्वसाधारणले त्यसको अनुभुत गर्न नपाएको तरुण नेता राजेश भेटवालले बताए । ज्ञापनपत्र बुझाउन ठुलो संख्यामा कांग्रेसका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply