Saturday, January 23, 2021
Home > special_two > मण्डलालाई निषेधित क्षेत्र तोक्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

मण्डलालाई निषेधित क्षेत्र तोक्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । सरकारले माईतिघर मण्डलालाई निषेधित क्षेत्र तोक्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले सरकारले गरेको निर्णय मौलिक हक विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

बिहिबार (आज) रिट दर्ता गरेको सर्वोच्चले शुक्रवारका नै रिटको सुनुवाई गर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले माईतिघर मण्डला परिसरमा बिरोध प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गरेको थियो।

त्रिपाठिले सरकारले माइतिघर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै जनताको मौलिक हकको हनन् गरेकाले रिट दायर गरेको बताए। उनले संविधानले नै भेला हुने र प्रदर्शन गर्न पाउने अधिकार दिएकाले विरोध प्रदर्शन गर्न पाईने ठाउँ तोक्ने सरकारको निर्णय संविधान विपरीत भएको दाबी गरेका छन्।

बुधबार नेपाली काग्रेंसले माइतिघर मण्डलामा सरकारले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो। नेपाली काग्रेंसको संसदीय समितिको बैठकले नै सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो।

Leave a Reply