Tuesday, January 26, 2021
Home > special_two > कांग्रेस बलियो बनाउन तरुण जागरण अभियान महासचिव शाही

कांग्रेस बलियो बनाउन तरुण जागरण अभियान महासचिव शाही

सल्यान जेठ १४ । नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेसलाई बलियो बनाउन मुलुकभर तरुण जागरण महाँअभियान थालिएको बताउनुभएको छ । नेपाल तरुण दल सल्यानले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव शाहीले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुक संकटमा पर्दा नेपाली कांग्रेसले कुशलता पुर्वक नेतृत्व गर्दै आएको बताउदै नेपाली कांग्रेस कम्जोर भए मुलुक नै कम्जो हुने बताउनुभयो । उहाँले नेपाली जनताको ठुलो साथ हुँदा हुँदै पनि बाम एकताका नाममा दुई पार्टीहरु मिलेर नेपाली कांग्रेसले पछिल्ला निर्बाचनमा पराजय भोग्नु परेको बताउदै गाँउ गाँउमा कांग्रेस बलियो बनाउन तरुण दलले तरुण जागरण महाअभियान थालेको बताउनुभयो । उहाँले भन्नुुभयो, नेपाल तरुण दल केन्द्रीय समितिकोे निर्णय अनुसार जिल्ला, स्थानिय तह स्तरीय तरुण प्रशिक्षण कार्यक्रम सकिएको बताउदै अब यही जेठ १९ गते मुलुकभरका सबै वडाहरुमा वडा स्तरीय तरुण प्रशिक्षण कार्यक्रम एकैसाथ आयोजना गरिएको बताउनुभयो ।
नेपाल तरुण दलको बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने कर्णाली प्रदेशका बिभिन्न जिल्लाको भ्रमणमा रहनुभएका महासचिव शाहीले भन्नुभयो, मुलुकमा सधैजसो कांग्रेसले राजनीति जितेको छ । अहिले पनि जित्यो । भोली पनि जित्छ । साउनको भेल झै गडगडाउने कम्यूनिष्टहरु चैत महिनाको खरीमा सुक्ने छन् । लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस सधै जनताको साथमा रहेको बताउदै जनताले पनि नेपाली कांग्रेसलाई नै साथ दिने उहाँको भनाई थियो ।

Leave a Reply