कांग्रेस सुस्तायको बेला तरुण दलले गर्यो राष्ट्रिय भेला। सबै तिर तरुण दलको प्रसम्सा।
कांग्रेस सुस्तायको बेला नेपाल तरुण दलले जिल्ला अध्यक्षहरूको एतिहासिक पहिलो राष्ट्रिय भेला २२/२३ र २४ गते नगरकोटमा सम्पन्न गरेर सबैतिर प्रसम्सा बटुलेको छ।
निर्वाचन पछि कांग्रेसको समिक्षा बैठक समेत बस्न सकेको छैन,नेबिसघ भित्र चरम विवाद भैरहेको छ,अरु भातृसस्था सिथिल छन,
केही युबा नेताको नाम सस्तो खाल्को प्रचार बाजि मात्र गरिरहेको बेला तरुण दलले देसभरिकै अध्यक्षहरु बोलायर तीन दिन सम्म राष्ट्रिय भेला गर्नु निकैनै महत्त्वपूर्ण र एतिहासिक कार्य भयको भनेर कांग्रेस र लोकतन्त्र प्रेमिहरु सबैले तरुण दलको प्रसम्सा गरेका छन।
निर्वाचनमा नेपाली कांग्रेस पराजय भयपछी कार्यकर्तामा चौतर्फी निरासा छाइरहेको र पार्टी भित्र केहिले सस्तो प्रचारको लागि पार्टी भित्रको बिबाद छताछुल्ल हुने काम गरिरहेका बेला
नेपाल तरुण दलले एकताबद्ध बनेर तीन दिने तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम
सफलता पुर्बक सम्पन्न गरिएको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिए ।
भेलाको एक विशेष कार्यक्रमका बिच २३ गते दिउँसो ३ बजे पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिय र
२४ गते बरिस्ठ नेता रामचन्द्र पौडेललेको प्रमुख आतिथ्यमा समापन भयको थियो।
भेला मा सहभागी हुन झन्डै ६० जिला भन्दा बढी अध्यक्षहरु राजधानी हुँदै नगरकोट पुगेका थिय।
महासचिव शाहीले राष्ट्रिय भेलाले मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा,
तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा नगरकोट घोषणा पत्र जारी गरिएको बताए ।
महासचिव शाहिका अनुसार राष्ट्रिय भेलाले विभिन्न विषयमा बृहत छलफल गरेर तरुण दलको आगामी कार्ययोजना समेत तयार पारेको छ।