Friday, January 22, 2021
Home > राजनीति > संसदको बैठकमा दिउसो एक वजे, एमालेले अवरोध नगर्ने

संसदको बैठकमा दिउसो एक वजे, एमालेले अवरोध नगर्ने

काठमाडौं । आइतवार संसदमा पेश गरेको निर्वाचन सम्बन्धी बिद्येयकमा छलफल गर्नका लागि सोमवार दिउसो व्यवस्थापिका संसदको बैठक बस्दैछ । निर्वाचन सम्बन्धी बिद्येयक पेश गर्नका लागि आइतवार नै संसदको अवरोध हटाएको विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध नगर्ने भएको छ । संसद बैठक सोमबार १ वजेका लागि बोलाइएको छ ।

संविधान संसोधन विधयेक सोमबारको बैठकको छलफल हुने कार्यसूचीमा राखिएको छैन् । संविधान संसोधन बिद्येयकका बारेमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा २७४ को उपाधार ३ मा संविधान संसोधन विधयेक सदनमा प्रस्तुत भएको ३० दिन भित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था उल्लेख छ । त्यही कारणले संसदको सोमवारको बैठकको कार्यसुचीमा संसोधन बिद्येयकलाई कार्यसुचीमा नराखिएको हो ।

संसद सचिवालयले मंगलबारका पत्रपत्रिकामा सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलको होहल्ला र नाराबाजीका बिच सरकारले आइतबार संविधान संशोधन विधयेक संसदमा पेश गरेको थियो । प्रमुख प्रतीपक्षी नेकपा एमालेले सोमबारको संसद बैठक अवरोध नगर्ने भएको छ । संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले एमालेको विरोध संविधान संशोधन विधयेकमा मात्रै भएकाले निर्वाचन सम्बन्धी छलफलमा भाग लिने बताए ।

Leave a Reply