Sunday, January 24, 2021
Home > mophosala > तोडफोड गरिएका चेक पोष्ट निर्माण गर्दै नेपाल प्रहरी

तोडफोड गरिएका चेक पोष्ट निर्माण गर्दै नेपाल प्रहरी

बिसनप्रसाद न्यौपाने कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी आन्दोलनमा तोडफmोड गरिएका प्रहरी चेकपोष्टहरु निर्माण गर्न थालेको छ । गत पुस ७ गते म्यादी प्रहरीले आफ्नो पारीश्रमिक कम भएको भन्दै गरिएको आन्दोलनमा आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी बिबेक ऐडीको मृत्यू भएपछि आक्रोसित म्यादी प्रहरीले तोडफोड गरी भत्काईएका जिल्ला सदरमुकाम मान्म बजारका प्रहरी चेक पोष्टहरु निर्माण गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख निरक चौलागाईले म्यादी प्रहरकिोे आन्दोलनमा तोडफोड गरी भत्काएका प्रहरी चेकपोष्टहरु पुन निर्माण गर्न थालेको बताए । उनले जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकको प्रहरी चेक पोष्ट र जुम्ला सुर्खेत राजमार्ग सँग जोडिएको जिरोपोईन्टको प्रहर िचेक पोष्ट गरी दुई वटा प्रहरी चेकपोष्टहरु पुननिर्माण गरिने बताए । जिल्लाको सदरमुकाम मान्म बजार प्रहरी चेक पोष्ट नहुँदा शान्ति सुरक्षमा चुनौती हुने भएकाले खाँडाचक्र नगरपालिकाको सहयोगमा भत्किएका प्रहरी चेक पोष्टहरु पुन निर्माण गर्न थालिएको उनले बताए । उनले भने, म्यादी प्रहरीले आग्लागी गरेको जिरोपोईन्ट र तोडफोड गरको प्रतिमा चौकको प्रहरी बिटहरु खाँडाचक्र नगरपालिकाको सहयोगमा निर्माण गर्न थालेका छौ । प्रहरी चेक पोष्ट नहुँदा ड्युटी गर्ने प्रहरीहरुले राती पनि सडकमा चिसोमा ड्यूटी गर्नु पर्ने समस्या रहेको छ ।
खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डेले प्रहरी चेक पोष्टहरु नहुँदा जिल्ला सदरमुकाम बजार नै असुरक्षित हुने भएकाले आफुहरुले चेक पोष्ट निर्माणका लागि आवश्यक पर्ने न्यूनतम खर्च उपलब्ध गराउने बताए । उनले प्राबिधिकहरुकोे स्टमेटका आधारमा निर्माणको प्राबिििधकहरुले नै मुल्यांकन गरी बजेटको व्यवस्था मिलाउने बताए । केही ससमय अगाडी जिल्ला प्रशासन कार्यालय कालिकोेटमा बसेको सर्बदलिय सर्बपक्षिय बैठकले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मजभुत बनाउन म्यादी प्रहरीको आन्दोलनका क्रममा तोडफोड भएका प्रहरी चेक पोष्टहरु तत्काल निर्माण गर्ने भनेर निर्णय गरेपछि प्रहरीले चेक पोट पुन निर्माणन गर्न लागेको हो । साथै पुन निर्माण गरिएका प्रहरी चेक पोष्टहरुको सुरक्षा, संरक्षणका लागि जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन लगायतका सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

Leave a Reply