Sunday, January 24, 2021
Home > mophosala > भाईरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्य शिविर

भाईरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्य शिविर

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढ्दै गएपनि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकामा भाईरलको माहामारी भईरहेका वेला शान्नित्रिवेणी गाउपालिकाको वडा नं. ६ मा पनि बिरामीहरु बढेपछि स्वास्थ्य चौकी मेहेलमुुडीका प्रमूख ललितजंग बमको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले एक दिने स्वास्थ्य शिविर संचालन गरेको स्थानिय हेमराज बमले जानकारी दिनुभयो ।
उहाँका अनुसार शान्नित्रिवेणी गाउपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बम, वडा नं. ६ का वडा अध्यक्ष रंग सार्कीको पहलमा संचालन गरिएको स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी स्थानिय नागरिकहरुले सेवा लिएका छन् । शान्नित्रिवेणी गाउपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले शान्नित्रिवेणी गाउपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढेको भएपनि स्वास्थ्यकर्मीीहरुले उपचार गरिरहेका कारण स्थिति सामान्य रहेको बताउनुभयो ।

Leave a Reply