गीतकार विपिन किरणको एकल शब्द रचना र संगीतकार नारायण सुवेदी आभासको संगीतमा गायक रुद्रशेखर शर्माले रुपम लिएर आयका छन।
एक विशेष कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका उपाध्यक्ष शान्तिराम राई लगायतले संयुक्त रुपमा रुपमलाई सार्वजनिक गरेका हुन् ।
गीति एल्बम रुपम सार्वजनिक भय लगत्तै गायक शर्माले गीत प्रस्तुत गर्दै कार्यक्रमलाई स्वागत गरेका थिए भने गीतकार डा.नवराज लम्सालले एल्बमका गीतमाथि समीक्षा गरेका थिए । अबको गीतहरु समाजलाई उर्जा दिने खालको हुनेपर्ने निराशावादी धार छाडेर मायाप्रेममा पनि रमाउन जान्नुपर्ने बताएका थिए । विपिन किरण युवापुस्ताका नयाँ आशा लिएका चर्चित गीतकार हुन् लम्सालले भने –‘त्योसँगै गायकको नयाँ आवाज भए पनि भविश्य राम्रो देखिएको र संगीतकार नारायण सुवेदीको संगीतले फरकपन बोकेको छ ।’