Tuesday, January 26, 2021
Home > mophosala > अछामको बिनायक नगरपालिकाले थल्यो फरिवर्तन आफैबाट अभियान

अछामको बिनायक नगरपालिकाले थल्यो फरिवर्तन आफैबाट अभियान

बिस्नप्रसाद न्यौपाने कालिकोट । अछामको पंचदेवल बिनायक नगरपालिकाले फरिवर्र्तनन आफैबाट अभियान थाल्ने भएको छ । छाउपडी प्रथा, महिला हिंसा तथा सामाजिक बिकृतिहरु न्यूनिकरणका लागि नगरले परिर्वतन आफैबाट अभियान थाल्ने उपमेयर अम्भिका चलाउनेले जानकारी दिनुभयो ।
पंभदेवल बिनायक नगरपालिकाका मेयर देवराज देवकोटाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अछाममा रहेको ससामाजिक कुप्रथा छाउपडी लगायतका सामाजिक बिकृतिहरु कसरी न्ययूनिकरण गर्ने भन्ने बिषयमा छलफल समेत गरीएको उहाँले बताउनुभयो । पंभदेवल बिनायक नगरपालिकाका महिला सहकारीका अध्यक्षहरु, कार्यपालिकाका महिला सदस्यहरु, नगर सभाका सदस्यहरु, महिलला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मीहरुको सहभागीता भएको अन्तरक्रिया कार्यक्रममा पंभदेवल बिनायक नगरपालिकालाई छाउपडी प्रथा तथा महिला हिंसा मुक्त नगरका रुपमा विकास बताईएको छ ।
पंभदेवल बिनायक नगरपालिकामा हुने छाउपडी प्रथा तथा अन्य महिला हिंसा न्यूनिकरणका लागि परिर्वतन आफैबाट भन्न अभियान व्यापक बनाईने उप मेयर चलाउनेले बताउनुभयो । उहाँले परिर्वतन आफैबाट अभियानलाई नगरपालिका स्थित महिला शिक्षिका तथा अन्य क्षेत्रमा नेतृत्व गर्ने महिलाहरुका परिवारबाटै थालिने बताउनुभयो ।

Leave a Reply