Saturday, January 23, 2021
Home > mophosala > कर्णालीकै कान्छा वडा अध्यक्षद्धारा छात्रबृतिको घोषणा

कर्णालीकै कान्छा वडा अध्यक्षद्धारा छात्रबृतिको घोषणा

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले निशुल्क सव ईन्जीनियर पढ््नका लागि छात्रबृतिको घोषणा गर्नु भएको छ । आफ्नो व्यक्तिगत लगानीमा हरेक बर्ष शान्नित्रिवेणी गाउपालिका भित्रका दलित, जनजाती, अभिभावक गुमाएका असहाय तथा जेहेन्दार बालबालिकाहरु मध्यबाट हरेक बर्ष ३ जनालाई निशुल्क सब ईन्जीनियर पढ्नका लागि छात्रबृतिको घोषणा गर्नुभएको हो ।
उहाँले आफ्नो कार्यकाल भरीको पाउने सेवा सुविधा समेत उक्त छात्रबृतिमा लगानी गर्ने बताउनुभयो । उहाँले पढ्ने क्षमता र चाहाना भएका तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई प्राबिधिक शिक्षा हासिल गरुन भन्ने उद्देश्यले छात्रबृतिको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, मेरो परिवारको पनि आर्थिक अवस्था कम्जोर थियो । आफुले अध्यान गर्दा धेरै पटक आर्थिक समस्या बेहोरे ।
उहाँले आफ्नो केवल राजनीति मात्र नभई सामाजिक सेवा गर्ने चाहाना भएकाले मेरो सानो सहयोगले शान्नित्रिवेणी गाउपालिकाका विपन्न बालबालिकाहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले केही समय अघि आफ्नै लगानीमा २१ जना आमा बुवा गुमाएका असहाय बालबालिकाहरुलाई प्रति व्यक्ति ३ हजार बराबरको शैक्षिक सामग्री पनि बितरण गर्नुभएको थियो ।

Leave a Reply