Wednesday, January 20, 2021
Home > special_one > जनकल्याण माविको स्तरोन्नतीका लागि पन्तले गरे डेढलाख सहयोग

जनकल्याण माविको स्तरोन्नतीका लागि पन्तले गरे डेढलाख सहयोग

काठमाडौँ, २० पुस । बेशीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यामिक विद्यालयको स्तरोन्नतीका लागि सोही क्षेत्रमा जन्मेर हाल पोखरा बस्दै आउनुभएका झरेन्द्रु पन्त (पिएचडी) ले रु एक लाख ५१ हजार १११ आर्थिक सहयोग गर्नुभएको छ ।

विद्यालयको स्तरोन्नती एवम् प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि आउँदो फागुन ५ गतेदेखि १२ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाउन जुटेको विद्यालयलाई सहयोग पु¥याउने उदेश्यले भिजिटिङ प्रोफेसरसमेत रहनुभएका पन्तले उक्त सहयोग गर्नुभएको हो ।

भूपनिधी पन्त र दिलु पन्तका छोरासमेत रहनुभएका उहाँले सो रकम उदीपुर– काठमाडौँ समन्नय समितिका सभापति इन्जिनीय महेन्द्र अधिकारी एवम् सदस्य गणेश जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।

महायज्ञलाई सफल पार्नका लागि उदीपुरबासीले यहि पुुस २२ गते शनिबार ८ बजे महाराजगञ्ज चक्रपथमा भेटघाट कार्यक्रमको आयोजना गरेको विद्यालयका पूर्व विद्यार्थी एवम् महायज्ञ स्वयम्सेवक परिचालन समितिका संयोजक सुजनबाबु लोहनीले जानकारी दिनुभयो ।

Leave a Reply