संखुवासभा ३० कात्तिक । पहिलो चरण मा निर्वाचन हुने हिमाली जिल्ला संखुवासभामा नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा सदस्य उमेदवार दिपक खड्का अहिले आम जनताको घर घरमा पुगेर संखुवासभा र संखुवासभाली नागरिकको संबृघ्दि का लागी भोट मागीरहनु भएको छ ।
विगत दुई दशकदेखि संखुवासभाका नागरिकको संबृघ्दिका लागी आफ्नो ब्यक्तिगत तथा सांसद हुँदा पाएको संसद विकास कोषको लगानीमा स्कुल स्वास्थ्य चौकी क्लब बाटोघाटो निर्माण मा सकृय युवा नेता खड्कालाई उम्मेद्वारको रुपमा पाएर संखुवाबासी हर्षित भएका छन् ।
उहाँले बुधबार चैनपुर नगरपालिका खराङ बजारमा रहेका जनतासँग भोट माग्नुभएको थियो । उहाँ जनताको घरदैलोमा पुग्दा जनताहरुले विकासप्रेमी नेता आएको भन्दै भव्य स्वागत गरिरहेका छन् ।
संखुवासभामा भौतिक पूर्वाधार को विकास पर्यटन प्रर्वधन स्थानीय रोजगारी सडक मार्ग को स्तरोन्ति किमाथांका नाकाको व्यबस्थित संचालन जिल्ला मा निर्माण हुने हाईड्रोपावर निर्माण मा रसुवाली जनता लाई थप शेयरको व्यवस्था जस्ता मुद्दा हरू लाई उमेदवार ले अगाडी बढाएका छन् ।