Monday, January 18, 2021
Home > special_three > संखुवासभाका विकासप्रेमी नेता खड्कालाई गाउँमा भव्य स्वागत

संखुवासभाका विकासप्रेमी नेता खड्कालाई गाउँमा भव्य स्वागत

संखुवासभा १८ कात्तिक । नेपाली काँग्रेस संखुवासभाका नेता दिपक खड्कालाई खड्काको जन्मभूमीमा भव्य स्वागत गरिएको छ । नेपाली काँग्रेस धर्मदेवी नपा वडा नं ९ ले आज विहिबारेमा एक कार्यक्रमको आयोजना गरी विकासप्रेमी नेतालाई स्वागत गरेको हो ।

धर्मदेवी नगरपालिकाको आखिँभुईमा जन्मेर संखुवासभा प्रतिनिधी सभा सदस्यको उम्मेद्वारसमेत रहनुभएका युवा नेता खड्काले २०७० सालमा सांसद र २०७३ सालमा मन्त्री हुँदा सोही क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँकै पहलमा सभाखोला, चैनपुर, मादी, धर्मदेवी हुँदै पुन सभाखोलासम्म चक्रपथ निर्माण भएको थियो । यस्तै उहाँकै पालामा एक नगरपालिका रहेको जिल्लामा पाँच नगरपालिका निर्माण भएको थियो ।

Leave a Reply