Friday, January 22, 2021
Home > राजनीति > नेविसंघको केन्द्रीय सदस्यमा तिमल्सेना मनोनित

नेविसंघको केन्द्रीय सदस्यमा तिमल्सेना मनोनित

काठमाडौँ, १६ कात्तिक । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा सुशील तिमल्सेना मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले तिमल्सेनालाई केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको हो ।

लामो समयदेखि नेविसंघ पब्लिक युथ क्याम्पसको इकाई अध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्नुभएका तिमल्सेना नेविसंघको ११ औँ महाधिवेशनमा थोरै मतअन्तरले पराजित हुनुभएको थियो । तनहुँ घर भएका तिमल्सेना नेविसंघभित्रका चर्चित नेता समेत हुनुहुन्छ ।

Leave a Reply