Friday, January 22, 2021
Home > special_two > काँग्रेसका युवा नेता खड्काद्धारा विकट क्षेत्रको चुनावी अभियानलाई तीब्रता

काँग्रेसका युवा नेता खड्काद्धारा विकट क्षेत्रको चुनावी अभियानलाई तीब्रता

संखुवासभा । नेपाली काँग्रेस संखुवासभाका युवा नेता दिपक खड्काले जिल्लाको विकट क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

मंसिर १० गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि प्रतिनिधी सभाको प्रतक्ष्यतर्फको उम्मेद्वार बन्नुभएका युवा नेता खड्का जिल्लाको उत्तरी विकट गाँउ पुग्नुभएको हो ।

उहाँले संखुवासभाको चीनसँग जोडिएको उत्तरी नाका किमाथांका, भोला, नुमलगायतका स्थानमा चुनावी अभियानलाई तीब्रता दिनुभएको छ ।

जुन ठाँउ संखुवासभाको सदरमुकाम खाँदबारीबाट तीन दिन टाढा पर्दछ । संखुवासभाका जनताले विकासप्रेमी नेता खोजेका कारण आफुलाई भोट हाल्ने बताउँदै युवा नेता खड्का संखुवासभाका गाँउगाउँ पुग्नुभएको हो ।

Leave a Reply