Friday, January 15, 2021
Home > special_two > पूर्वमन्त्री खड्काद्धारा संखुवासभाको हिमाली क्षेत्रबाट चुनावी अभियान शुरु

पूर्वमन्त्री खड्काद्धारा संखुवासभाको हिमाली क्षेत्रबाट चुनावी अभियान शुरु

संखुवासभा । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले हिमाली क्षेत्रबाट चुनावी प्रचारप्रसार अभियान शुरु गर्नुभएको छ । आगामी मंसिर १० मा हुन लागेको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि संखुवासभाको प्रतिनिधीसभाबाट उम्मेद्वार दिनुभएका पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री खड्काले आजदेखि चुनावी अभियान शुरु गर्नुभएको हो ।

खड्काले आज संखुवासभाको उत्तरी क्षेत्र नुम गाउँमा पुगेर चुनावी प्रचारप्रसारलाई तिब्रता दिनुभएको उहाँका स्वकीय सचिव सेवक पोखरेलले जानकारी दिनुभयो । भौगोलिक हिसाबले सिन्धुपाल्चोक उत्तर चीनदेखि धनकुटा भोजपुर ताप्लेजुङसम्म जोडिएको जिल्ला हो । उहाँले एक महिनाको चुनावी अभियानमा सबै क्षेत्रका कार्यक्रममा सहभागी हुने जनाउनुभएको छ ।

Leave a Reply