Sunday, January 17, 2021
Home > mophosala > कालिकोटको पलाताको विकासका लागि गुरुयोजना बन्दै

कालिकोटको पलाताको विकासका लागि गुरुयोजना बन्दै

बिस्नप्रसाद न्यौपाने कालिकोट असोज ३० गते । कालिकोट जिल्लाको पलाता गाउपालिकाको दश बर्षे गुरुयोजना बनाउन थालिएको छ । जिल्लाकै अति दुर्गम क्षेत्र मानिने पलाता गाउपालिकाले आगामी १० बर्षभित्र सुविधा सम्पन्न तथा विकसीत गाउपालिकाका रुपमा बिकास गर्न दश बर्षे गुरु योजना बनाउन थालिएको हो ।
पलाता गाउपालिका प्रमूख लक्ष्मण बमले पलाताको पहिचान बदल्नका लागि १० बर्षे गुरुयोजना निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विज्ञान प्रबिधि लगायतका ९ जना बिशेषग्यहरुलाई पलातामा बोलाएर त्यहाँकाृ आवश्यकता, सम्भावना र स्थानिय श्रोत, साधनहरुको पहिचानका साथै प्रारम्भीक तथ्याँक संकलन गर्न थालिएको बताउनुभयो । उहाँले आफुले स्थानिय तहको निर्बाचनका बेला मतदाता समक्ष गरेका प्रतिबद्धताहरु कार्यन्वयन गर्न गुरुयोजना बनाउन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, मैले जनता समक्ष गरेका प्रतिबद्धता अनुसार निर्बाचित भएको महिनादिन भित्रै पलाता गाउपालिकालाई मदिरा निशेधित क्षेत्र बनाएको, जनताकै माग अनुसार बजेटको बिनियोजन गरेको, पलातामा प्राबिधिक क्याम्पसको आगि अनुमति लिएको छु । गाउपालिका अध्यक्ष बमले भन्नुभयो, आगामी दश बर्षभित्र शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि कक्षा १ देखी १० कक्षासम्म अंग्रेजी माध्यामबाट सरकारी बिद्यालयबाटै शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने, हरेक वडा तथा टोल टोलमा गुणस्तरीय सडक संञ्जालको विकास गर्ने, कृषि क्षेत्रलाई आधुनिक, व्यवसायीक तथा पकेट क्षेत्रका रुपमा विकास गर्ने, हरेक खेतीयोग्य जमीनमा प्रयाप्त सिचाईको व्यवस्था गर्ने, गाउपालिका भित्र रहेका पर्यटकिय सम्भावनाका क्षेत्रहरुको संरक्षण, सम्बद्र्धन गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने लगायतका बिषयहरुलाई प्रति बर्ष क्रमश योजनाबद्ध रुपमा अगाडी बढ्ने बताउनुभयो ।
उहाँले भ्रटाचार रहित, पारदर्शी तथा शुसासनयुक्त गाउपालिका रुपमा पलातालाई विकास गर्न प्रत्यक बर्ष कुन ययोजना, कति बजेट, कति समय सबै कुराहरुलाई नागरिक समक्ष सार्बजानिक गरी जस अनुसार गाँउपालिकाले आफ्नो गतिलाई अगाडी बढाउनु बताउनुभयो । उहाँले भन्नुभयो, मेरो कार्यकाल पाँच बर्षको छ तर म दश बर्षको गुरुयोजना बनाएर दश बर्षे विकास मोडल तयार गरी विकासी योजनाहरुलाई सुरुवात गर्देछु । अहिले गाउपालिकाले निर्माण गरेको गुरुयोजनालाई पाँच बर्षपछि आउने नेतृत्वले समेत स्वामित्व लिने गरी गुरुयोजना बनाउन सबै नागरिकहरुको सुझाव समेत संकलन गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply