Friday, January 15, 2021
Home > राजनीति > समाजसेवी, प्राध्यापक सागरदास रञ्जितको प्रदेशसभा सदस्यमा प्रवल सम्भावना

समाजसेवी, प्राध्यापक सागरदास रञ्जितको प्रदेशसभा सदस्यमा प्रवल सम्भावना

काठमाडौं जिल्ला क्षेत्र नं. ९ बाट आगामी प्रदेशसभाको निर्वाचनमा प्रवल सम्भावना रहेको छ । २०४४ सालदेखि नेपाली काँग्रेसमा सक्रिय सहभागिता जनाउनुभएका रञ्जित पब्लिक यूथ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा तीन पटकसम्म अत्याधिक मतले निर्वाचित व्यक्ति हुन् । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिको सदस्य तथा उपाध्यक्षसमेत रही पार्टीको निर्देशनमा विभिन्न आन्दोलनमा सक्रियरही जेलनेलसमेत भोगिसकेका रञ्जित हाल त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । प्रजातान्त्रिक प्राध्यापक संघमा रही राजनीतिक क्षेत्रमा सक्रिय रहनु भएको छ साथै जैशिदेवल यूथ क्लबको पूर्व सभापति रञ्जित विभिन्न संघ संस्थामा रही स्थानीय तहमा समाजसेवामा समेत संलग्न रही कार्य गर्दै आउनुभएका र स्थानीय तहमा लोकप्रिय हुनुहुन्छ । समाचारसूत्रका अनुसार उहाँको अगाडि अरु उम्मेदवारको दावी फिक्का रहेको जानकारीसमेत प्राप्त भएको छ ।

Leave a Reply