कालिकोट असोज ४ गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ कालिकोटले जिल्लाका ९ वटै स्थानिय तहहरुमा संगठन बिस्तार अभियान थालेको छ । आउने मंसिर १० गते हुने संघ र प्रदेशको निर्बाचनलाई लक्षित गरी नेपाल बिद्यार्थी संघले जिल्लाका ९ वटै स्थानिय तहहरुका हरेक बिद्यालयमा संगठन बिस्तार गर्ने अभियान थालेको हो ।
नेबिसंघ कालिकोटका उपाध्यक्ष जगतजंग बिष्टले जिल्लाका ९ वटै स्थानिय तहहरुमा संगठन बिस्तारका लागि खाँडाचक्र नगरपालिकामा दिपेन्द्र शाही, रास्कोट नगरपालिका नन्दलाल जैसी, तिलागुफा नगरपालिका दिपराजज शाही, नरहरीनाथ गाउपालिका जगतजंग बिष्ट, पचालझरना गाउपालिका बेबीलाकुमारी बम, पलाता गाउपालिका सुरेश शाही, शान्नित्रिवेणी गाउपालिका पंच बम, कालिका गाउपालिका भिमबहादुर शाही र महावै गाउपालिका सुरेन्द्र काफ्लेलाई जिम्मेबारी बाँडफाँडड गरिएको बताउनुभयो । उहाँले आफुले जिम्मेबारी लिएको नरहरप्नाथ गाउपालिकाका ९ वटा बिद्यालयहरुमा संगठन बिस्तार गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कालिकोट जिल्लामा नेपाली कांग्रेसलाई संघ र प्रदेशको निर्बाचनमा बिजयी गराउन नेपाल बिद्यार्थी संघका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई जिल्ला केन्द्रीत भई सक्रिय हुन आग्रह गर्नुभयो ।