Sunday, January 24, 2021
Home > special_two > राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सो भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ ।

राष्ट्रपतिको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री देउवाको आगामी संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता सन्दर्भमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको भ्रमणबारे बिदाई भेट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा यही असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।

Leave a Reply