Sunday, January 24, 2021
Home > मुख्य खबर > राष्ट्रिय भू उपयोग आयोजनामा पैसा खाएर दरबन्दी कटान

राष्ट्रिय भू उपयोग आयोजनामा पैसा खाएर दरबन्दी कटान

काठमाडौँ, १० भदौ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय भू उपयोग आयोजनामा पैसा खाएर दरबन्दी कटान गरीएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले मोटो रकम असुल गरी सहसचिव दरबन्दी कटान गरी उपसचिव दरबन्दी राखेका हुन् ।
विस २०५७ सालदेखि सहसचिव दरबन्दी रहेको उक्त आयोजनामा पैसा लेनदेनका कारण उक्त दरबन्दी कटान गरी उपसचिव राखिएको हो । प्रधानमन्त्री देउवाकी पत्नी राणा र मन्त्रालयका सचिव देवकोटा मिलेर सो आयोजनाका प्रमुख प्रकाश जोशीलाई प्रमुख बनाउन लागेपछि उक्त रहस्य वाहिर आएको हो ।
अर्बौ रुपैँया खर्च गर्न पाउने उक्त आयोजनामा मन्त्रालयका सचिव र प्रधानमन्त्रीकी पत्नी राणालाई मोटो रकम बुझाएर जोशी उक्त आयोजनाको प्रमुख बन्न लागेका हुन् ।
उक्त मन्त्रालयका सचिव डा गोपाल दहितलाई किन आयोजनामा दरबन्दी कटान गरीयो भन्ने हाम्रो प्रश्नमा उनी खुलेर कुरा गर्न चाहेनन् । विस २०५७ सालमा स्थापना भएको उक्त आयोजनाले देशभरीको जग्गा के प्रयोजनका लागि उपयुक्त छ भनी वर्षेपिच्छे प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा आर्थिक चलखेलका कारणले सो गर्न नसकेकाले मन्त्रालय समेत निरीह बनेकाले साउन २६ गतेको कित्ताकाट रोक्ने सम्बन्धमा निर्देशन जारी गरिएको हो ।

भू उपयोग आयोजनाले कुन जग्गा कुन कामका लागि उपयुक्त छ भनी प्रतिवेदन सार्वजनिक गरेको भएदेखि साउन २६ गतेको निर्णय गर्नु आवश्यक हुन्थ्यो र ? यहिबाट प्रष्ट हुन्छ २०५७ सालदेखि राखिएको सहसचिव पद खारेज गर्नुको औचित्य । मन्त्री दहितले आयोजनाले काम गर्न नसकेकै कारण साउन २६ मा पत्रकार सम्मेलन गर्नुपरेको हो । आयोजनामा काम गरिरहेका जोशी १२ वर्षदेखि काठमाडौँमा वसिरहेका छन् । प्रधानमन्त्री सुदूरपश्चिमको भएका कारण जोशीले प्रधानमन्त्रीलाई भजाएर पैसा कमाउने दाउमा रहेको बुझिएको छ ।

Leave a Reply