Tuesday, January 19, 2021
Home > राजनीति > राजनीति अब आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्छ : डा महत

राजनीति अब आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्छ : डा महत

डडेलधुरा । नेपाली कांग्रेसका नेता एंव पुर्व अर्थमन्त्री डा रामशरण महतले अब मुलुकको राजनीति स्थानिय निर्वाचन, संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्ने बताएका छन् ।
नेता महतले नेपाली कांग्रेसका कारण नै नेपालको राजनितीक,सामाजिक र आर्थिक परिवर्तन संभव भएको भन्दै कांग्रेसले अब मुलुकको आर्थिक समृद्धिका लागि पनि नेतृत्वदायि भुमिका निर्वाह गर्ने स्पष्ट पारे ।
सुदुरपश्चिमका बिभिन्न जिल्लाको भ्रमणमा रहेका नेता महतले डडेलधुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले सवै राजनीतिक परिवर्तनलाई नेतृत्व गरेका कारण सवै राजनीतिक दलहरु कांग्रेसको नीतिमा सहमत भएको भन्दै संविधान कार्यान्वन र तीन तहको निर्वाचन नभएसम्म आर्थिक समृद्धी संभव नहुने स्पष्ट पारे ।
नेपाली कांग्रेस डडेलधुराद्वारा पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम पार्टी सभापति कर्णबहादुर मल्ल, सांसद भरत खड्का, चन्द्रा जोशी,रामकृष्ण यादव लगायतका वक़्ताहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

Leave a Reply