Monday, January 25, 2021
Home > special_two > विश्व युवा दिवसका अवसरमा प्रभातफेरी

विश्व युवा दिवसका अवसरमा प्रभातफेरी

काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसमा अवसरमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ ।

राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा ‘शान्ति र समृद्धिमा युवा’ युथ बिल्डिङ पिस भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा शहीदढोका पुगी पुनः राष्ट्रिय सभागृह फर्किएर टुङ्गिएको थियो । पानीका कारण पदयात्राको मार्ग छोट्याइएको थियो ।

पदयात्राको थालनी युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गर्नुभएको थियो । पदयात्रामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र विभिन्न युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुभएको थियो । सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा सो दिवस मनाउँदै आइएको छ ।

Leave a Reply