Tuesday, January 19, 2021
Home > मनाेरञ्जन > सिटौलाको ‘घन्काइदेउ मादलु’ तिज गित बजारमा

सिटौलाको ‘घन्काइदेउ मादलु’ तिज गित बजारमा

काठमाडौँ, १७ साउन । गायिका बविता सिटौलाको ‘घन्काइदेउ मादलु’ तीज गित बजारमा आएको छ । हिन्दू महिलाहरुको महान् चाड तीज नजिकिँदै गर्दा सिटौलाले घन्काइदेउ मादलु बोलको गित लिएर बजारमा आएकी हुन् । उक्त गितको निर्माता विनोद सिटौलाले गरेका छन् भने मोडल पार्वती राइले गरेकी छिन् ।

कलानिधी रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गितमा सुरज अधिकारीले शब्द तथा संगीत भरेका छन् भने उक्त गित बजारमा ल्याउन सकुना श्रेष्ठ मलेकुले विशेष सहयोग गरेकी छिन् ।

यसअघि गायिका सिटौलाले भोजपुरी, नेवारी, तामाङलगायतका विभिन्न भाषामा गितहरु गाउँदै आएकी छिन् ।

Leave a Reply