Monday, January 18, 2021
Home > mophosala > सिटीईभिटीलाई नेबिसंघले दियो ४८ घण्टे अल्टिमेटम

सिटीईभिटीलाई नेबिसंघले दियो ४८ घण्टे अल्टिमेटम

काठ्माण्डौ । नेपाल बिद्यार्थी संघले सिटीईभिटीलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । नेपाल बिद्यार्थी संघले राखेका मागहरु प्रति सिटीईभिटीले व्यवास्ता गरेको भन्दै बिभिन्न मागहरु सहित ४८ घण्टे अल्टिमेटम दिएको हो ।

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य तथा सिटीईभिटी संयोजक अर्जुन बमको नेतृत्वमा मंगरबार सिटीईभिटी गएको टोलीले आफ्ना मागहरु ४८ घण्टाभित्र पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल बिद्यार्थी संघका महामन्त्री कुल्दोन काफ्ले, कोषध्यक्ष शिव रिमाल लगायतका सहभागीता रहेको टोलीले नेपाल बिद्यार्थी संघले आम बिद्यार्थीहरुको हितका लागि उठाएका जाहेज मागहरु तत्काल सम्बोधन गर्न आग्रह गरेको थियो ।

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य अर्जुन बमले तत्काल प्रत्यक फ्याकेल्टीमा गरिएको शुल्क बृद्धि घटाउनु पर्ने, परीक्षा प्रर्णालीलाई व्यवस्थीत गर्नुपर्ने, जथाभावी रुपमा कलेजको सम्बन्धन दिने कार्य तत्काल रोक्नु पर्ने, पाँच बर्षभन्दा बढी व्यागथ पेपर भएमा ग्रेडिङ सिस्टम लागु गर्नुपर्ने, मापदण्ड विपरीत खुलाईएका कलेजहरु तत्काल बन्द गरिनुपर्ने, विगतका दिनहरुमा नेपाल बिद्यार्थी संघ सँग भएका सहमतीहरु कार्यन्वयन गर्नुपर्ने लगायतका ८ वटा मागहरु तत्काल पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । उहाँले नेपाल बिद्यार्थी संघ आम बिद्यार्थीहरुको हक अधिकार तथा शैक्षिक गुणस्तर सुधारका लागि जस्तोसुकै मुल्य चुकाउन पछि नहट्ने बताउदै सिटीईभिटीले यसलाई समयमै बुझ्नु आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply