Tuesday, January 19, 2021
Home > mophosala > बस दुर्घटनामा तेइस घाइते, दुईको अवस्था गम्भीर

बस दुर्घटनामा तेइस घाइते, दुईको अवस्था गम्भीर

हेटौँडा, १७ साउन । विपरित दिशाबाट आएका बस र ट्याङ्ककर एक आपसमा ठोक्किँदा २३ जना घाइते भएका छन् ।

वीरगन्जबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ५ ख २६५७ नम्बरको बस र हेटाँडाबाट रक्सौलतर्फ जाँदै गरेको ना ५ ख ७१३८ नंको ट्याङ्ककर आज दिउँसो हेटौँडा–वीरगन्ज सडकखण्डको कटमरियामा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये २३ जनाको हेटौँडा अस्पताल र गम्भीर घाइते दुईजनाको चितवनको भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरीको ज्यामिरेमा आज दिउँसो पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाटो बन्द हुँदा काठमाडौँबाट आएको र हेटौँडातर्फबाट गएको सवारी साधान बीच बाटोमै रोकिएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।

अहिले पहिरो हटाउन डोजर त्यसतर्फ पठाइसकिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

Leave a Reply