Sunday, January 17, 2021
Home > mophosala > घर घरमा सामाजिक सुरक्षा बितरण गर्ने घोषणा

घर घरमा सामाजिक सुरक्षा बितरण गर्ने घोषणा

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउपालिका प्रमूख डम्बरबहादुर शाहीले जेष्ठ नागरिकहरुको सहजताका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने घोषणा गर्नुभएको छ । गाउपालिकाको प्रथम गाउसभामा बजेट, नीति तथा कार्यक्रमको सार्बजानिक गर्दै उहाँले राज्यले प्रदान गर्दै आएका सामाजिक सुरक्षा भत्ता, बाल पोषण भक्ता लगायतका सेवा सुविधाहरु नागरिकहरुको सहजताका लागि कर्मचारी खटाएर घर घरमा बितरण गरिने घोषणा गर्नुभएको हो ।
उहाँले जिल्लाकै भौगोलिक रुपमा निकै विकटता रहेको गाँउपालिकामा आगामी २ बर्षभित्र टोलटोलमा सडक, बिद्युत र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले बिभिन्न १४ प्रकारका करहरु लगाएर गाउपालिकाको आन्तरिक आय बृद्धि गर्ने, जनताको चाहाना अनुसार सेवालाई प्रभावकारी बनाउने, बाताबरण संरक्षण, बिपद न्यूनिकरण, स्थानिय उत्पादनमा बृद्धि, जैविक कृषि प्रर्णालीको बिस्तार गरी आगामी ५ बर्षभित्र कृषिमा आत्मनिर्भर गाउपालिका, कृषि, पशुपालन र पर्यटन क्षेत्रको तिब्र विकास, पर्यटकिय नमुना गन्तव्यको विकास, बाल मृत्यूदर र मातृ मृत्यु दर न्यूनिकरण गर्ने, पुर्ण साक्षर गाउपालिका, बाल श्रम मुक्त तथा हरित बस्ती निर्माणका लागि बिभिन्न कार्यक्रमहरुको तय गरिएको जानकारी दिनुभयो ।
सुशासन, स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार, सडक र बिद्युत शान्नित्रिवेणी गाउपालिकाको मुल आधार भन्ने नाराका साथ आयोजित बजेट नीति तथा कार्यक्रम सार्बजानिक कार्यक्रममा उहाँले तल्लो शान्निगाड लजबिद्युत आयोजनालाई गाउपालिकाले आफ्नै कम्पनीको विकास गरी उज्यालो गाउपालिका बनाउने घोषणा गर्नुभयो । टोल टोलमा कोसेली घर, एक टोल १० युवा, १० युवा एक उद्यम, लोपउन्मुख पंचेबाजा र आफरको संरक्षण, ३ बर्षभित्र बालमैत्री गाउपालिका, सत प्रतिशत बिद्यालय भर्ना अभियान तथा नियमितताको लागि अभियान थालिने, सामुदायिक बिद्यालयबाट एमबिबिस डाक्टर पढ्नेलाई गाउपालिकाले छात्रबृति दिने, नागरिकहरुको राय सुझाव लिनका लागि जनतासँग गाउपालिका अध्यक्ष कार्यक्रम संचालन गरिने, गाउपालिका भित्र भजन घर, बृद्धाश्रम, योग केन्द्र निर्माण, प्रत्युक वडाकहरुमा टोल सुधार समिति, विपद न्यूनिकरणका लागि तालिम प्राप्त विपद उद्धार समिति, मध्यपान तथा सुर्तिजजन्य बस्तुहरु बिक्रि बितरणमा रोक लगाईने, रैथाने बालीको संरक्षण, हरेक योजनाहरुमा सामाजिक परिक्षण र सार्बजानिक सुनुवाई अनिबार्य, गाउपालिकामा गुनासो सुन्ने अधिकारी र कारबाही समितिको गठन गर्ने बताउनुभयो ।
यस्तै सबै सार्बजानिक निकायहरुमा नागरिक वडापत्र, हरेक निकायमा प्रविधिको प्रयोगमा जोड, गाउपालिकाकै लगानीमा एफएम रेडियो संचालन, गाउपालिकाका सार्बजानिक स्थलहरुमा फ्रि वाईफाईको व्यवस्था गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा २२ करोड ८० लाख ४४ हजारको बजेट प्रस्तुत गर्दै गाउपालिकाको आर्थिक विकासमा १ करोड ९८ लाख ३५ हजार, सामाजिक विकासमा ८ करोड ४ लाख, पुर्वाधार विकासमा ९ करोड १२ लाख ३७ हजार, बाताबरण तथा बिपद व्यवस्थापनमा २२ लाख ४९ हजार, संस्थागत विकास तथा सेवा प्रबाहमा ३ करोड १२ लाख ८३ हजार, बित्तिय व्यवस्थापन र सुशासनमा ३० लाख ४० हजार बिनियोजन गरिएको छ । गाउसभामा गाउपालिकाका उपप्रमूख होईजा बुढाले सबै सरोकारवालाहरु साथ पाए नागरिकहरुले गाँउमा सिंहदरबार आएको अनुभुती गराउने बताउनुभयो ।

Leave a Reply