Tuesday, January 26, 2021
Home > mophosala > किसानको मेहनतमा बिचौलियाको रजाई

किसानको मेहनतमा बिचौलियाको रजाई

बिस्नप्रसाद न्यौपाने कालिकोट । साउनको झरीमा रुझेर खेतीबाली गर्ने जिल्लाका ग्रामिण क्षेत्रका किसानलाई सानो मात्र सकस हुँदैन । चैत–बैसाखको खडेरीमा थोपा–थोपा पानी जम्मा गरेर बेर्ना हुर्काएको काँक्रा, अकबरे खुर्सानी लगायतको तरकारी बाली अहिले लटरम्मै फलेर बजारमा गईरहेको छ । केही किसानले भने उत्पादन बेचेर आम्दानी हात पार्न थालेका छन् ।
रात–दिन मिहिनेत गरेर उत्पादन गरेको कृषि उपजको कमाइ भने किसानको भन्दा बिचौलियाको हातमा बढी पर्ने गरेको छ । कालिकोटका प्रायः किसानको बारीमा फलेको , बन्दा, काउली, टमाटर, काँक्रा, चिचिण्डा लगायतको तरकारी फलेको छ । तर यहाँका धेरै किसानले आफूले उत्पादन गरेको सबै उत्पादन बेचेर मेहनत अनुसारको मुल्य पाउदैनन् ।  न्यून मूल्यमा कृषि उत्पादन बेच्नु पर्दा किसानले मन नलागी नलागी बेच्नुपर्ने समस्या छ ।
यतिबेला बजारमा काँक्रा प्रति किलो ८० रुपैयामा किन्न पाईछ । तर बजारमा रहेका फुटकर बेपारीहरुले किसानबाट प्रति किलो ३०–४० रुपैयामा खरीद गर्ने गर्छन् । बिहानदेखि साँझसम्म खेतबारीमा दुःख गर्ने किसानले भन्दा कृषि उपजबाट बिचौलियाले बढी आम्दानी लिन्छन् । आफूले उत्पादन गरेको सागसब्जी बजारमा आफै बिक्रि गर्ने किसानले भने भनेजति मूल्य पाउँछन् । बजार पु¥याउन नसक्ने किसानले बगानबाटै बेच्दा अर्थात बजारमा लिएर कुनै पसलेलाई एकमुस्ट बेच्दा थोरै मात्र रकम पाउँछन् । तरकारी खेती गर्नु भनेको व्यापारी पोस्नु मात्रै भएको छ बद्रीगाउका एक जना किसानले भन्नुभयो, तरकारी खेती पनि के गर्ने किसानले चित्तबुझ्दो दाम पाउने होइन ।
जिल्लाको रास्कोट नगरपालिका वडा नं. १ निवासी अगुवा किसान परीलाल न्यौपानेले भन्नुभयो, आफु बजारमै डोको राखेर तरकारी बेच्न फुर्सद हुँदैन् । कुनै एक व्यपारीलाई एकमुस्ट दिनुपर्छ । आफुले मागेको मुल्य भन्दा व्यपारीले तोकेको मुल्यामा । हैन भने उसले तरकारी नै राखिदिदैन । ग्रमिण क्षेधका बजारहरुमा व्यवस्थीत रुपमा तरकारीको मुल्य एकिन पनि गरिएको छैन् । तरकारीबाट किसान र उपभोक्ता ठगिएका छन् । बिचौलिया व्यपारीहरुको मालामाल भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमूख सुनीलकुमार सिंहले स्थानिय किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य लिन नसकेको बताउदै जिल्लामा पहिला पटक किसानको उत्पादन किसानकै हातबाट बिक्रि गर्न नियमित हाटबजारको सुरुवात गरिएको बताउनुभयो । उहाँले प्रत्यक साताको शनिबार नियमित हाटबजार सुरु गरेपछि किसान आफै बजारमा आएर बिक्रि गर्ने कार्यको थालनी भएको बताउनुभयो ।

Leave a Reply