Monday, January 18, 2021
Home > mophosala > खाँडाचक्र नगरको बजेटमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि उर्जा र पर्यटनलाई प्राथमिक्ता

खाँडाचक्र नगरको बजेटमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि उर्जा र पर्यटनलाई प्राथमिक्ता

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उर्जा र पर्यटनलाई बिशेष प्राथमिक्ता दिएको छ । शनिबार जिल्ला सदरमुकाम मान्म स्थित होटल सनलाईटको सभाहलमा आयोजित नगरसभामा प्रस्तुत बजेडमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उर्जा र पर्यटनलाई बिशेष प्राथमिक्ता दिएको हो ।
खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षता, माननिय जिल्ला न्यायधिश केशवराज पाण्डेको प्रमूख आतिथ्यता तथा प्रमूख जिल्ला अधिकारी गिरीधारी सुवेदीको बिशेष आतिथ्यतामा आयोजित नगरसभामा खाँडाचक्र नगर उपप्रमूख बिजया बिष्टले नगरको आगामी आवको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खाँडाचक्र नगरपालिकालाई जिल्लाकै नमुना नगरका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले नमुन नगर बनाउनका लागि २७ करोड ५१ लाख केन्द्रीय अनुदान, १२ लाख आन्तरिक श्रोत, १२ करोड दातृ निकायको सहयोग गरी कुल ३८ करोड बजेटलाई शिक्षा, स्वास्थ्य, यातायात, कृषि, उर्जा र पर्यटन लगायतका क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।
उहाँले नगरका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई बर्षमा प्रत्यक वडामा यातायात सेवा, प्रत्यक वडामा खाद्य डिपो, एक वडा एक गाँउ होमस्टे, प्रत्यक बिद्यालयमा अनिबार्य कम्प्युटर शिक्षा, गुणस्तरीय शिक्षाका लागि आवश्यक सहयोग, एक गाँउ ४ वटा पर्यटकिय क्षेत्रको पहिचान, स्थानिय भाषामा समाचार प्रसारण गर्ने रेडियो तथा पत्रपत्रीकाहरुलाई अनुदानको व्यवस्था लगायतका प्रतिबद्धताहरु जनाउनुभयो । उहाँले प्रत्यक वडाहरुमा पकेट क्षेत्रका रुपमा विकास गरी किसानहरुको सामाजिक सुरक्षा तथा बाली बिमा, पशु बिमालाई पनि बिशेष प्राथमिक्ता दिएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने सरोकारवालाहरुले नगरको महत्वकांक्षि बजेटको पारदर्सी हिसावले कार्यन्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले विगतमा कर्मचारीको भरमा गाँउको विकास नभएको भनेर आरोप लगाउने राजनीतिककर्मीहरुले अहिले विकासमा पारदर्सीता अपनाउन आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लामा क्रियाशील राजनीति दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका प्रमूख एवं प्रतिनिधि लगायतका सहभागीता रहेको नगरसभामा निकै महत्वकांक्षी बजेट प्रस्तुुत गरिएको छ ।

Leave a Reply